×

Nepali Community

तेस्रो त्रैमासः एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड ४८ लाख


काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ कमाएकोे छ । बैंकको आज प्रकाशित वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट ३.०८ प्रतिशत रहेको छ ।

खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण बैंकको खुद नाफा कम हुन गएको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १३.५० प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी ९.१७ प्रतिशत र सञ्चालन मुनाफा ३७.३१ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ।


More

View All

News

Health

Sports