×

Nepali Community

नेपाल प्रवासी तामाङ समाज कतारको तेश्रो डम्फु साँझ–२०२३ जुन २३ मा


काठमाडौं, २ असार । नेपाल प्रवासी तामाङ समाज कतारले तेश्रो डम्फु साँझ–२०२३ को आयोजना गर्ने भएको छ । कार्यक्रम यही जुन २३ (असार ८ ) मा कतारको रेजेन्सी हलमा बिहान ११ः३० बाट सुरु गरिने छ । कार्यक्रम नेपाल प्रवासी तामाङ समाज कतार द्वारा स्थापित शैक्षिक बिकास कोषको प्रवर्द्धन र तामाङहरुको मौलिक बाजा डम्फू लाई विश्व सामु चिनाउने कार्यक्रमको मुल उदेश्य रहेको अध्यक्ष सुवास तामाङले बताएका छन् ।

उनले डम्फूको संरक्षण गर्न, इतिहास र महत्व बारे बर्तमन पुस्तालाई बुझाउदै भावी पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् । उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित अतिथि कलाकार बैरागी मोक्तान, उर्गेन दोङ र सबिना तामाङको फापरे, सेलो जुहारी म्हेन्दोमाया, साइकोले र आधुनिक लोक पपको दमदार प्रस्तुतिहरु रहने अध्यक्षले तामाङले बताएका छ |

भिडियो हेर्नुस


More

View All

News

Health

Sports