काठमाडौं, १४ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदै छन् । जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।रंगशालमा दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा संकटा र फ्रेन्डस क्लब आमुने सामुने रहने छन् ।