दुबईका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्याई दुबाई विमानको इञ्जिन फेल भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका भनाई अनुसार उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको छ ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।
पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।