काठमाडौं, चैत २५ गते । तेमाल जात्रा सभ्य र भब्यरुपमा मनाइयो तामाङ समुदायको ऐतिहासिक धार्मिक तथा सास्कृतिक पर्व तेमाल जात्रा स्वयम्भुमा भब्यरुपमा सम्पन्न भयो ।परापुर्बकाल देखि काभ्रेको तेमालको वासिन्दाहरुले चैत्र पुर्णिामा को एकदिन अगाडि बौद्ध र भोलिपल्ट स्वयम्भूमा दिबाङगत पृतको नाममा लामा गुरुद्वारा ङोवा मोलम गरि नाङ्साल छ्योमे बत्ती बलि भब्यरुपमा मेला जात्रा मनाउने गर्छन । यसै अबसरमा नेपाल तामाङ सस्कृतिक घेदुङ्ले तेमाल जात्राकै अवसरमा बृहत् सास्कृतिक महोत्सव पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी संघिय संसद माननीय हित बहादुर तामाङ , बिशिस्ट अतिथि गितकार तथा एआइजी टेक तामाङ, तामाङ घेदुङको सह अध्यक्ष कुमार घिसिङ , तेमाल गाउँ पालिका अध्यक्ष चन्द्र लामा , उपाध्यक्ष डिएम लामा, पुर्ब संसद शान्ति पाख्रीन ,सस्कृतिक घेदुङका पुर्व अध्यक्ष प्रेम लो , तामाङ चलचित्र निर्देशक बिनय दोङ तामाङ , तेमाल गा.पा वडा ५ को वडा अध्यक्ष हजार सिङ तामाङ , ३ को बिष्णु ब. तामाङ , ९ को चन्द्र ब. दोङ तामाङ लगाएत विभिन्न ब्याक्तित्वहरु उपस्थित भएको थियो। कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो साङितिक प्रस्तुति राखेको थियो भने कार्यक्रम सास्कृतिक घेदुङका अध्यक्ष छेवाङ तेन्जिन लामाको सभापतिम र महासचिव दोर्जे तामाङले संचालन गरिएको थियो । तेमाल जात्रा कै अबसरमा म्हेन्दोला फोले तथा कान्छिमाया तामाङ फाउन्डेसनको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो।
उक्त शिविरमा जात्रामा पाल्नु हुने सयौं भक्तजनले आफ्नो स्वास्थ्यको चेक जाँच गराइ लाभ उठाउनु भएको थियो।शिविरमा सुगर,प्रेसर लगायत विभिन्न थरिका औषधिहरु पनि निशुल्क रुपमा वितरण गरिएको थियो। डा.डिलबहादुर थोकर,डा.निराजन तामाङ ,डा.सोनिया तामाङ ,भरत यादव ,रेन्जिन लामा,लालकाजी तामाङ ,रणधिर कुमार यादव ,सीता अर्याल आदिको समुहले बिरामीको चेक जाँच गरेका थिए। का.मा.पा. वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न शिविरको विशेष अतिथिहरुको रुपमा तामाङ चिकित्सक समाजका अध्यक्ष डा.निराजन तामाङ ,का.मा.पा. वडा नं १५ का वडा सदस्य विजु श्रेष्ठ ,स्वयम्भू इन्चार्ज DSP राजबाबु( आर . वि) महर्जन उपस्थित थिए ।
अतिथिहरुमा वैदेशिक रोजगार उद्धार नेपाल का अध्यक्ष इन्द्रलाल गोले,फ्याफुल्जी डिजिटल मिडियाको केन्द्रीय अध्यक्ष तथा तामाङ चलचित्र निर्देशक बिनय दोङ तामाङ ,विकास लामा,सेम्जो लामा ,नानी लामा , प्रेम लामा ,डिवि लामा ,दोर्जे सिङ्तान,उत्तर लामा,समाजसेवी स्मिता मोक्तान ,ग्याम्जो लामाको उपस्थिती रहेको थियो भने कार्यक्रममा मिस तामाङ विजेता सफलता तामाङ ,याङ्जी तामाङ तथा अन्य प्रतियोगीहरुको पनि उपस्थिति रहेको थियो।
शिविरमा स्वयम् सेबक तथा विभिन्न सहयोगि दाताहरुलाइ कार्यक्रम सफल परिदिनु हुने सम्पुर्ण महानुभबहरुलाइ म्हेन्दोला फोलेका अध्यक्ष तथा गायक तथा नायक युवा समाजसेबी राजनीतिक अभियान्त सुनिल लामाले स- धन्यवाद स्वरुप प्रमाणपत्र वितरण गरेको थियो भने मिठो दालभात हाउस र फ्याफुल्जी डिजिटल मिडियाको सहकार्यमा भएको थियो कार्यक्रममा मान मोक्तान ले संचालन गरेको थियो।