×

Nepali Community

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश हो –पूर्वप्रधानमन्त्री देउवा


काठमाडौं, फागुन ९ गते ।प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आज ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, भनी शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको उल्लेख गर्दै विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्व रहेको बताएका छन् । सभापति देउवाले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै यी चाडपर्वमध्ये नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार महत्वपूर्ण पर्व भएको बताएका छन् ।

 


More

View All

News

Health

Sports