काठमाडौं, फागुन ६ गते ।निर्माण व्यवसायीहरूमा एकता र एकरूपताको खाँचो रहेको सहरी विकासमन्त्री विक्रम पाण्डेले बताएका छन् । उनले व्यवसायीहरूलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिएका छन् ।
मन्त्री पाण्डे लेव्यवसायी एकजुट हुन नसक्दा निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको बताउँदै अहिले साना व्यवसायीमा समस्या देखिएको बताएका छन् । उनले समयमा गुणस्तरीय काम गरे राज्यले सहयोग गर्ने विश्वास दिलाउँदै गुणस्तरीय काम गर्न र समयमा काम सक्न निर्देशन दिएका छन् ।