×

Nepali Community

आज प्रधानमन्त्री दाहाल र कांग्रेसका उपसभापति खड्काबीच भेटवार्ता


काठमाडौं, फागुन ४ गते । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भटवार्ता भएको छ ।काठमाडौं स् राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरेको छ। गत निर्वाचनमा मोर्चाबन्दी गरेर एमालेविरुद्ध निर्वाचनमा लडेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा पुनःमाओवादी केन्द्रलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको हो।

बिहीबार बिहान पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्। उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। माओवादी केन्द्रले समेत कांग्रेसले दिने उमेदवारप्रति लचक हुने संकेत देखाएको छ।पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको भेटघाट बाक्लिएको छ।


More

View All

News

Health

Sports