×

Nepali Community

ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेसका भण्डारी गम्भीर घाइते, आईसीयूमा उपचार हुँदै


काठमाडौं, फागुन ४ गते । (खाना पकाउने) एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्।बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारीसँगै उनकी ८६ वर्षकी आमा पनि घाइते भएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

हाल उनीहरुको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको केही भाग र आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्।राति साढे १ बजे कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताउँदै शर्माले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


More

View All

News

Health

Sports