×

Nepali Community

मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन सर्वोच्च अदालतको अन्तरिम आदेश


काठमाडौं, फागुन ४ गते । निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनवाई गर्दै बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले तत्काल जरिवाना नलिन अन्तरिम आदेश दिएको हो ।

तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको हो ।


More

View All

News

Health

Sports