×

Nepali Community

देश अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त छ –कमल थापा


काठमाडौं, फागुन ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैद्य बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संशोधन गरेर स्रोत नखुलेको सम्पत्ति वैद्य बनाउनु भनेको भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिन खोजिएको बताएका हुन ।

‘उनले लेखेका छन्, देश अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त छ, यसैबिच स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो,’ उनले भनेको छन्, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’

 


More

View All

News

Health

Sports