×

Nepali Community

ललितपुरको पाटनमा दीप यात्रा मतया सुरु


काठमाडौं । साउन २८ गते
ललितपुरको पाटनमा दीप यात्रा मतया सुरु भएको छ । आज बिहान ४ बजे मतया कोबहालबाट सुरु भएको स्थानीयले बताए । हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतयामा पाटनका भित्री सहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ । लिच्छवि राजा बालार्चनदेवको पालादेखि सुरु भएको विश्वास छ ।

कोबहालबाट सुरु भएको मतया चकबहिल, टङ्गल, लगनखेल, हख बहाल, पूर्णचण्डी, बुबहाल, गाबहाल, नबहील, श्रीबहाल, नटोल, पुल्चोक, नागबहाल भएर कोबहालमा पुगेर सकिनेछ । यात्राको क्रममा पाटनमा रहेको पुल्चोक, लगनखेल, ग्वार्कोको चारवटा थुर घुम्नु पर्दछ ।

विशेष गरेर बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवङ्गत भएका आफ्ना आफन्तजनको सम्झनामा धान, चामल, पैसालगायतका विभिन्न सामग्री दान दिँदै हातमा दीप लिएर मतया जाने गर्दछन् । यसरी हातमा पानस, मैनबत्ती, लगायत बालेर यात्रा गरिने भएकोले यस यात्रालाई मतया भनिएको हो ।

यात्रामा सरिक भएकाहरुलाई पानी, जुस, प्राथमिक उपचार सेवा दिन स्थानीय बासिन्दा र स्वयम्सेवक जुट्ने भएकोले आज दिनभरि नै पाटनमा यातायात आवागमन प्रभावित हुनेछ । पाटनको मतयामा मङ्गलबजार, सौगल, नागबहाल लगायत १० वटा टोलले पालैपालो व्यवस्थापनको जिम्मा लिएर सञ्चालन गर्ने गर्दछ ।


More

View All

News

Health

Sports