×

Nepali Community

सुखानी सहिद स्मृति दिवसमा ओली र प्रचण्डले आज सम्बोधन गर्दै


काठमाडौंं । फागुन २१ गते
आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४६ औं सुखानी सहिद स्मृति दिवसलाई एउटै मञ्चबाट सम्बोधन गर्दैछन्। झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलमा रहेको सुखानी पार्कमा आयोजना हुने दिवसमा सहभागी हुन् प्रधानमन्त्री ओली बिहान ११ बजे कार्यक्रम स्थल पुग्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड भने सोमबार विराटनगर हुँदै झापा आइपुगेका छन्।

झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ साल फागुन २१ गते जेल सार्ने बहानामा सुखानीमा गोलीहानी हत्या गरिएको थियो।योद्धालाई हत्या गरेको सम्झनास्वरुप नेपालका कम्युनिस्ट पार्टीले हरेक वर्ष फागुन २१ गते विशेष कार्यक्रम गर्दै उनीहरुलाई सम्झने गरेका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएपछि दुई शीर्ष नेताले पहिलोपटक सम्बोधन गर्न लागेका हुन्। झापा विद्रोहका एक नेताका रुपमा वर्तमान प्रधामन्त्री केपी शर्मा ओली पनि एक हुन्।

मंगलबारको ४६ औं सुखानी सहिद स्मृति दिवसलाई श्रद्धाञ्जली विशेष बनाइने नेकपा झापाका नेता चिन्तन पाठकले बताए। केहि दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा पनि सुखानीमा हुनेछ।


More

View All

News

Health

Sports