काठमाडौंं । फागुन २१ गते
चुनावमा कांग्रेस पहिला र माओवादी दोस्रो दल हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गर्नु भएको छ । राष्टियसभा गृहमा सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्टहरूको पहिलो दल बन्ने दाबी गर्नु भएको छ । केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गर्दै प्रचण्डले स्थानीय निर्वाचनमा तालमेल हुने पनि बताउनु भएको छ । अहिलेको सत्ता गठबन्धनलाई कायम राखेर जाने विषयमा गठबन्धनबीच प्रतिवद्धता रहेको पनि दाबी गर्नु भएको छ ।
माओवादीका एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले जिल्ला र स्थानीयस्तरमा कहाँ कस्तो स्थिति छ, कुना महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका, गाउपालिकाको स्थिति के छ रु भन्ने कुराको विश्लेषण गर्ने र विगतका तथ्यांकहरूलाई हेर्ने तथा स्थानीय सुझावहरू केन्द्रित गरी गठबन्धन गर्ने बताएका थिए ।
प्रचण्डले केन्द्रीय सदस्यलाई सुनाएअनुसार ०७४ को स्थानीय चुनवामा जहाँ जसले जितेको छ, त्यहाँ त्यसै दललाई दिने र अरु दलले सहयोग गर्ने, जुन पालिकामा दोस्रो नम्बर भएको दल र उसको उम्मेदवार पनि राम्रो छ त्यहाँ सोही दिलाई दिनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ ।गठबन्धनमा भइरहेको छलफलको प्रसंग सुनाउँदै प्रचण्डले जुन पालिकामा हिजो एमालेले जितेको छ, त्यहाँको संख्याको स्थिति, जनआधारको स्थिति, र अहिलेको उम्मेदवारको स्थितिसमेतलाई हेरेर सहमति जुटाउन सकिने बताएका छन् ।