×

Nepali Community

कांग्रेस चितवनको सभापति पदका लागि दोस्रो चरणमा मतदान हुँदै


काठमाडौंं । फागुन २१ गते
नेपाली कांग्रेस चितवनको सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। शुक्रवार भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो।पाँच जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले धेरै मत ल्याएका थिए। शेखर कोइराला निकटका खनालले ७४६ र शेरबहादुर देउवा निकटका श्रेष्ठले ६६२ मत ल्याएका थिए। खनाल र श्रेष्ठबीच शनिवार दिउँसो साढे १२ बजेपछि पुनः मतदान हुने जिल्ला निर्वाचन समितिले जनाएको छ।यसैबीच नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान हुने भएको छ।

जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्।यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद र रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी र सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी छ।साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह र ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल र मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ। यसअघि अधिवेशन गर्न छुटेका विभिन्न जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइरहेको छ।


More

View All

News

Health

Sports