×

Nepali Community

रुसी सेना युक्रेनको अर्को आणविक संयन्त्रको नजिक पुगेको अमेरिकी राजदूतको भनाई


काठमाडौंं । फागुन २१ गते
रुसी सेना युक्रेनको अर्को आणविक संयन्त्रको नजिक पुगेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले बताएकी छन् । रुसले बिहीबार युक्रेनको सबैभन्दा ठूलो आणविक संयन्त्र जेपोराजियामाथि गरेको आक्रमणपछि लिन्डा थोमस ग्रिनफिल्डले विश्व एक विपत्तिबाट बचेको र रुसी सेना अब युक्रेनको अर्को ठूलो आणविक संयन्त्रतर्फ उन्मुख भएको चेतावनी दिएकी हुन् ।

उनले कीभबाट लगभग २०० किलोमिटर दक्षिणमा पर्ने युजोज्रिन्स्क विद्युत् केन्द्रबारे कुरा गरिरहेकी थिइन्। ग्रिनफिल्डले भनिन्, ुखतरा कायम छ । रुसको सेनाले गरेको खतरनाक आक्रमणको अन्त्यको माग गर्न अन्तर्राष्ट्रिय समुदाय एक ठाउँमा उभिनै पर्छ।युक्रेनमा भएको आक्रमणपछि रूसी सेनाले चेर्नोबिल आणविक केन्द्र कब्जा गरेको छ । बिहीबार रुसी सेनाले जेपोरजियाको प्लान्टमा पनि गोलाबारी गरेको थियो ।

 


More

View All

News

Health

Sports