×

Nepali Community

ग्याल्बो ल्होसारका अवसरमा प्रचण्डद्वारा सुभकामना व्यक्त,आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आग्रह


काठमाडौं । फागुन १९ गते
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नागरिकले आफ्नो जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताउनु भएको छ । बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको उहाँको भनाई छ । उहाँले पराधीन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास नभएको जिकिर गर्नु भएको छ ।

त्यसैले यसपर्वको अवसरमा शेर्पालगायत सम्पूर्ण नेपाली जनसमुदायमा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आह्वानसहित सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ । ग्याल्बो ल्होसार पर्वको अवसरमा सुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस पर्वले नेपालीमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नु भएको छ । देशका विभिन्न समुदायका आ–आफ्ना मौलिक सांस्कृतिक पहिचान रहेका र समुदायहरुको मौलिक पहिचान देशका अमूल्य सम्पत्ति भएको उल्लेख गर्नु भएको छ ।


More

View All

News

Health

Sports