काठमाडौं । फागुन १९ गते
आफ्नो पार्टीलाई अमेरिकी सहयोग परियोजना (एमसिसी) अनुमोदनको प्रक्रियामा भाग लिने अवसरबाट वन्चित गरिएको भन्दै एमाले सचिव योगेश भट्टराईले असन्तुष्टि जनाउनु भएको छ । उहाँले राष्ट्रिय बहस भएको मुद्दामा संसद्को सबभन्दा ठूलो दललाई प्रक्रियामा भाग लिने अवसरबाट वञ्चित गर्नु दुःखद भएको बताउनु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति जुटाउन असफल भएको भन्दै उहाँले जबर्जस्ती प्रतिनिधिसभामा यो प्रक्रिया अगाडि बढाएकोप्रति एमालेले खेद प्रकट गरेको बताउनु भएको छ । संसदमा सहज वातावरण बनाउनु पर्ने जिम्मा सभामुखको भएको, तर उनी यस दायित्वबाट च्युत भएको योगेशको आरोप छ । उहाँले दुईपक्षीय सम्झौतामा थप व्याख्या गर्नुपर्ने भएमा दुवै पक्षको सहमतिमा मात्र गर्न सकिने भन्दै व्याख्यात्मक टिप्पणीको अन्तर्राष्ट्रिय मान्यताबारे प्रस्ट नभएको बताउनु भएको छ ।