×

Nepali Community

व्याख्यात्मक टिप्पणीले कम्युनिस्ट नेतालाई सरकारमा बसिरहने बाटो खोलिदियो –मीनेन्द्र रिजाल


काठमाडौं । फागुन १९ गते
एमसीसीको व्याख्यात्मक टिप्पणीले कम्युनिस्ट नेतालाई सरकारमा बसिरहने बाटो मात्रै खोलिएको कांग्रेस नेता मीनेन्द्र रिजालको भनाई छ । विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले सरकार नछाड्नेका लागि मात्रै व्याख्यात्मक टिप्पणी उपलब्धि भएको बताउनु भएको हो । व्याख्यात्मक टिप्पणीले सरकार बदल्न चाहेका एमाले अध्यक्ष केपी ओलीको केही नलागेको रिजालको भनाइ थियो ।

दुई तिहाइको सरकारको नेतृत्व गरेका केपी ओलीले एमसीसी पास गराउन सक्नुभएन र आज संसद्को ५ अंशको एक अंश संसद्मा उपस्थिति भएका कांग्रेसका नेताले पास गरेर देखाएको उहाँको भनाई थियो । उहाँले जुन परिपक्वता र दक्षता देखाएर एमसीसीलाई अनुमोदन गरियो त्यसले प्रधानमन्त्री शेरबहादुर देउवाबाट केही सिक्नुभयो भने ओली र देश दुवैका लागि राम्रो हुने जिकिर गर्नु भएको थियो । व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौता गिजोल्ने कम्युनिस्ट नेताहरुको इज्जत जोगाउने काम मात्रै भएको रिजालको भनाइ थियो ।


More

View All

News

Health

Sports