×

Nepali Community

कस्तो रहला तपाईको दिन ?


काठमाडौं । फागुन १९ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफन्तको प्रगतिमा मन रमाउने योग रहेको छ भने विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुने तथा आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्ने योग रहेको छ भने धार्मिक कार्यमा रुचि बढ्ने तथा रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनुका साथै प्रेममा सफलता पाइनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफन्तसँग रमाइलो भेटघाट हुने योग रहेको छ भने कुनै कुराले मनमा शान्ति छाउने तथा मनोरञ्जनमा सहभागिता भइनुका साथै प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने योग रहेको छ भने घरायसी व्यवहारबाट टाढै बस्नु होला र सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज चलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुने योग रहेको छ भने जोशजाँगर र हिम्मत बढ्ने तथा कला र गलाको प्रभाव बढ्नुका साथै वाहन लाभ पनि हुने समय छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज महिला वर्गबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने दानपुण्यका कार्यमा सहभागी भइने तथा शुभकार्यको चर्चा पनि रहला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लाभदायक यात्रा रहने योग रहेको छ भने लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ भने मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज श्रमको उचित मूल्याङ्कन हुने योग रहेको छ भने व्यापार व्यवसायमा सफलता मिल्ने तथा धर्म तथा समाजसेवामा मन लाग्नुका साथै नयाँ कामको थालनी पनि हुनसक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्ने योग रहेको छ भने अरूले सापटी लगेको रकम फिर्ता पाइनुका साथै मानसम्मानसमेत प्राप्त हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज बन्धु बान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने राजनीतिक कार्यमा सफलता मिल्नुका साथै वैदेशिक कार्य अघि बढ्ने तथा स्वास्थ्यमा सुधार पनि आउला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने योग रहेको छ भने झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला, तर साँझमा सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।


More

View All

News

Health

Sports