काठमाडौं । फागुन १८ गते
गत बिहीवार युक्रेनमाथि रुसले अतिक्रमण गरेयता कम्तीमा १३६ जना गैरसैनिक नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।मारिनेमध्ये १३ जना बालबालिका रहेको उसको भनाइ छ।तर राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तकी एक प्रवक्ता लिज थ्रोस्सेलले मृतकको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएकी छन्।
भीषण गोलाबारी, हवाई हमला तथा व्यापक असर पार्ने विस्फोटनमा परी अधिकांश मृत्यु भएको उनले बताइन्।लडाइँमा परी अहिलेसम्म करिब ४०० जना घाइते भएको पनि राष्ट्रसङ्घले जनाएको छ।युक्रेनी सरकारद्वारा सार्वजनिक विवरणअनुसार भने अहिलेसम्म ३५२ सर्वसाधारण मारिएका छन् भने १,६८४ जना घाइते भएका छन्।