×

Nepali Community

एमसीसी पासपछि संसदको पहिलो बैठक आज बस्दै,यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । फागुन १८ गते
आज दिउँसो १ बजे बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी पास भएपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ।संघीय संसदका महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्।जसअनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन्।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।मन्त्री आलेले नै ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी अर्को प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।संसदमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ। उसले आफ्नो माग पूरा नगरिएको भन्दै संसदमा अवरोध गर्दै आएको हो। तर, एमालेको अवरोधबीच नै संसद बैठक सञ्चालन हुँदै आएको छ।एमसीसी सम्झौता पास भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका थिए।


More

View All

News

Health

Sports