×

Nepali Community

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, स्थानीय चुनावको तयारीबारे छलफल गरिने


 

काठमाडौं । फागुन १८ गते
आज राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा- केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

बैठक बुधवार दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी र भावी कार्ययोजनाबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनु भएको छ । बैठक बिहीवारसम्म चल्नेछ ।


More

View All

News

Health

Sports