काठमाडौं । फागुन १८ गते
आज दिउँसो नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दैछ ।बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिनु भएको छ ।
बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।