×

Nepali Community

आफ्नो कार्यकाल छोटो अवधि भए पनि काम फत्ते गर्नेछु –छिरिङ डम्डुल लामा ‘कार्चेन


काठमाडौं । फागुन १८ गते
पर्यटन प्रवद्र्धनमा आफ्नो मुख्य धेय रहेको कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातवरणमन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’ ले बताउनु भएको छ । गृह जिल्ला हुम्लाको सिमकोटको एक कार्यक्रममा उहाँले सो बताउनुभएको हो ।हुम्लामा टुरिजमको प्रशस्त सम्भावना रहेको औंल्याउँदै मन्त्री लामाले जिल्लाको पर्यटन विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

‘जिल्लाको शीर ठाडो पार्ने तथा गर्व गर्ने गरी काम गर्ने र आफ्नो कार्यकाल ६ महिनाको छोटो अवधि भए पनि काम फत्ते गर्ने जिकिर गर्नु भएको छ । लामाले हुम्लीवासीको साथसहयोगबिना भने आफूले केही गर्न नकक्ने जिकिर गर्नुभएको थियो ।कार्यक्रममा नेकपा (समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लोकबहादुर हमालले नवनियुक्त मन्त्री कार्चेनलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो ।


More

View All

News

Health

Sports