काठमाडौं । फागुन १८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा काम गर्ने जोशजाँगर र उमंग बढ्नुका साथै चिताएको कामले तीव्रता लिनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रेममा जीवन सफलता पाइने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा दिनको उत्तरार्धमा धन खर्च हुनुका साथै नयाँ कामको थालनी हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै आत्मघाती काम गर्न पुगिने तथा महत्त्वपूर्ण अवसर गुम्न सक्ने र प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज स्वादिष्ट भोजन पाइने योग रहेको छ भने बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने तथा वैदेशिक कार्य पनि सहजै हुनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुने योग रहेको छ भने मनोरञ्जनमा सहभागी भइनुका साथै विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ जिम्मेवारी पाइनुका साथै घरमा अतिथिको आगमन हुने योग रहेको छ भने साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने तथा आँटेको र ताकेको कार्य पुरा हुनुका साथै दैनिक कार्यमा प्रगति हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुने योग रहेको छ भने कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज पुरानो समस्या सुल्झाउन सकिने योग रहेको छ भने शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने तथा मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने तथा आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अनावश्यक यात्रा हुने योग रहेको छ भने वैदेशिक क्षेत्र कमजोर रहने तथा कार्य सम्पादनमा समस्या आउनुका साथै आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।