×

Nepali Community

रुसी मिसाइल तथा विमानको उडानमा पूर्ण प्रतिबन्ध लगाउन पश्चिमा देशहरुलाई युक्रेनी राष्ट्रपतिको माग


काठमाडौं । फागुन १७ गते
पश्चिमा देशले रुसी मिसाइल, विमान तथा हेलिकप्टरको उडानमा प्रतिबन्ध लाग्ने गरी ‘नो–फ्लाइ जोन’ नियम लागु गर्नु पर्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले माग गरेका छन् ।रुसले युक्रेनका शहरमा गोलबारी गरिरहेको छ । त्यसलाई रोक्नका लागि पश्चिमा देशले रुसलाई लक्षित गरी नो–फ्लाइ जोनको घोषणा गर्नु पर्ने जेलेन्स्कीले माग गरेका हुन् ।सोमबार जारी गरेको भिडियो सन्देशमा जेलेन्स्की यो नियम कसले र कसरी लागु गर्ने भन्नेबारे स्पष्ट पारेका छैनन् ।

रुसले पछिल्लो पाँच दिनमा युक्रेनमाथि ५६ वटा रकेट तथा ११३ वटा क्रुज मिसाइल प्रहार गरेको जेलेन्स्कीले बताए । रुसले गएको बिहीबारदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।रुसले युद्ध अपराध गरेको आरोप जेलेन्स्कीले लगाएका छन् । रुसलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानु पर्ने माग उनले गरे ।

वार्ता भइरहँदा पनि रुसले गोलाबारी नरोकेको बताए ।सोमबार बेलारुसमा पाँच घण्टासम्म भएको रुस–युक्रेन वार्तामा सहमति जुट्न भने सकेन । आक्रमण नभएको अवस्थामा मात्रै पारदर्शी वार्ता हुन सक्ने उनले बताए ।रुसले लगातार आक्रमण गर्दै आएको छ र निशानामा सर्वसाधारण नागरिक परेका छन् । रुसी आक्रमणका कारण लाखौँ युक्रेनी बिस्थापित भएका छन् । डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणका कारण भएको विनाशका तस्बिर सार्वजनिक भएका छन् ।


More

View All

News

Health

Sports