×

Nepali Community

एमसीसी घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भए –प्रकाशशरण महत


काठमाडौं । फागुन १७ गते
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाई छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता गठबन्धनमा रहेका दलहरुको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसीसी सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुगेको बताउनु भएको थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकले एमसिसीसम्बन्धी प्रस्ताव व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन गरेको हो ।भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा कांग्रेस निरन्तर लागिरहने उल्लेख गर्दै प्रवक्ता महतले एमसिसी अनुदान सहयोग अन्तर्गतका परियोजना कार्यान्वयनमा जाने सुनिश्चित भएको बताउनु भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निरन्तरको प्रयास, धैर्यता, लचकता, सुझबुझ पूर्ण सोच र निर्णयका कारण एमसिसी अनुमोदनमा सबैको सहयोग जुटाउन सहज भएको जिकिर गर्नु भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) प्राविधिक कारणले अनुमोदनको प्रक्रियामा संलग्न नभए पनि एमसिसीका पक्षमा नै रहेको नेता महतको भनाइ थियो ।


More

View All

News

Health

Sports