×

Nepali Community

एकीकृत समाजवादीले आज समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दै


काठमाडौं । फागुन १७ गते
आज नेकपा (एकीकृत समाजवादी)ले समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दैछ । दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।समाजवादीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंकेट, थापागाउँमा पत्रकार सम्मेलन हुन लागेको हो ।समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलन हुन लागेको खतिवडाले बताए । पत्रकार सम्मेलनमा उपस्थित हुन सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।

अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन एमसीसी पारित भएपछि पहिलो पटक एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो ।एमसीसी पारित भएपछि माओवादी केन्द्रले सोमबार पत्रकार सम्मेलन गरेको थियो । एमाले र एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमालेले दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन गर्दैछ ।


More

View All

News

Health

Sports