काठमाडौं । फागुन १६ गते
अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए ।
कांग्रेसले एमालेसँग मिलेर सभामुुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युुत गर्ने भएकाले समर्थन गरेको भन्नुुहुुन्छ’ ज्ञवालीले भने, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुुर्भाग्यपूर्ण छ ।’उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताए ।अहिलेको सरकारले बाहृय शक्तिहरूमा समेत ठूलो असन्तुुलन ल्याएको बताउँदै एमालेले अगामी चुुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुुक्ता गर्ने दाबी समेत ज्ञवालीले गरेका छन् ।