×

Nepali Community

मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन निर्वाचन आयोग सुर्खेतको अपिल


काठमाडौं । फागुन १६ गते
मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले आग्रह गरेको छ ।यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएकालगायत विभिन्न समस्या यही फागुन २६ गतेभित्र सुधार गरिसक्नुपर्ने बताउनुभयो ।


More

View All

News

Health

Sports