×

Nepali Community

आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन निर्देशन रुसी राष्ट्रपति पुटिनको निर्देशन


काठमाडौं । फागुन १६ गते
आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्क अवस्थामा रहन निर्देशन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका छन्।नेटोको आक्रामक व्यवहारका कारण यस्तो निर्णयमा पुगेको पुटिनको भनाइ छ । नेटोको आक्रामक व्यवहारका कारण यस्तो निर्णयमा पुगेको पुटिनको भनाइ छ । रुसले परमाणु हतियार प्रयोग गर्न लागेको अर्थ लाग्ने पुटिनको निर्देशनको विश्वभरबाट निन्दा गरिएको छ।अमेरिकाले यसलाई अस्वीकार्य भनेको छ भने नेटोले यसलाई खतरनाक र गैरजिम्मेवार भनेको छ। युरोपियन युनियनले नयाँ चरणको प्रतिबन्ध र जवाफी रणनीति घोषणा गरेको छ ।

यसअघि पुटिनले युक्रेन आक्रमणमा अवरोध गर्ने जो कोहीले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।यता रुसले आक्रमण जारी राख्दा युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अबको २४ घण्टाको समय महत्वपूर्ण रहेको बताएका छन् । युक्रेन र रुसका प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुसको सीमामा भेट्ने तय भएको छ।आक्रमणमा ४ हजार ५ सय रुसी सेना मारिएको युक्रेनको दाबी छ । रुसी आक्रमणका कारण हालसम्म ३ लाख ६८ हजार युक्रेनीले थातथलो छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।


More

View All

News

Health

Sports