काठमाडौं । फागुन १६ गते
नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको बताएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको दाबी गर्नु भएको छ ।
पार्टी नेतृत्वलाई विश्वास गर्नु पर्ने भन्दै उहाँले एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न नसकिँने बताउनु भएको छ ।धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको उहाँको भनाइ छ ।उहाँले विकसित घटनाक्रमबारे अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताउनु भएको छ ।