×

Nepali Community

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । फागुन १६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने तथा स्वादिष्ट भोजन पनि पाइनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने कलाकारिता र साहित्यिक क्षेत्रमा रूचि बढ्ने तथा सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने योग रहेको छ भने अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने तथा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने तथा आत्मिक सन्तुष्टि मिल्नुका साथै तीर्थाटनको योग पनि छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज पारिवारिक प्रेम र सद्भाव बढेर जाने योग रहेको छ भने रोकिएका अधुरा पुराना कामहरू पुरा हुने तथा वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

कन्या
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आकस्मिक धनलाभ हुने योग रहेको छ भने काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभ समाचार सुन्न पाइनुका साथै मित्रबाट विशेष सहयोग मिल्ने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै घरमा अतिथिको आगमन हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने कुनै समाचारले मनमा शान्ति छाउने तथा शुभ यात्राको योग पनि छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्ने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज शुभकार्यको चर्चा चल्नुका साथै अकस्मात् धन सम्पत्ति हात पर्ने योग रहेको छ भने धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जिद्दीपनाले गर्दा काम बिग्रने योग रहेको छ भने प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ भने दैनिक कार्यहरूमा प्रगति हुने तथा रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।


More

View All

News

Health

Sports