काठमाडौं । फगुन १५ गते
आज एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बैठक ससद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्दैछ।व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। एमसीसीको पुरक प्रस्तावको ड्राफ्टलाई केहिबेरमा बस्ने गठबन्धनको बैठकले मूर्तरुप दिएपछि संसद्बाट एमसीसी अनुमोदन गर्ने तयारी रहेको छ।
कांग्रेस सभापति देउवा एमसीसी पास गर्न सत्ता गठबन्धनले साथ नदिए एमालेसँग सहकार्य गर्न अगाडि बढेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले मध्यमार्गी प्रस्ताव अगाडि बढाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।