काठमाडौं । फागुन १५ गते
एमसीसीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बोलाएको बालुटार स्रोतले जनाएको छ। बैठक बिहान ९ बजेबजेपछि सुरु हुनेछ। बैठकमा एमीसीका विषयमा गए राति बनेको सहमतिलाई अन्तिम रूप दिनेबारे छलफल हुने स्रोतको भनाइ छ।
एमसीसीका विषयमा सहमति जुटाउन भन्दै अन्य दलका नेताहरुसँग विभिन्न चरणको छलफलमा जुटेका महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलगायतलाई पनि बैठकमा बोाइएको स्रोतले बताएको छ।