×

Nepali Community

माओवादी केन्द्रको बैठक जारी,एमसीसी सम्झौताबारे छलफल गरिदै


काठमाडौं । फागुन १५ गते
एमसीसी सम्झौता अनुमोदन गर्न माओवादी केन्द्रको बैठक जारी रहेको छ। संसद्‍मा टेबल भएको एमसीसी सम्झौताबारे छलफल गर्न खुमलटारमा माओवादी केन्दीय कार्यालयको विस्तारित बिहान साढे सात बजेदेखि जारी रहेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसीसम्बन्धि पुरक प्रस्तावलाई अनुमोदन गर्नेबारे छलफल भइरहेको छ।

एमसीसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषयमा व्याख्यात्मक घोषणा गर्नुपर्ने प्रस्तावमाथि छलफल भइरहेको छ।एमसीसीको विषयमा माओवादीभित्र पनि दुई धार रहेको छ। वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेर पत्र पठाएका थिए।

गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहमत भएको पुष्टि भएको छ। अध्यक्ष प्रचण्ड बाहिर भने संशोधन नभई एमसीसी पास गर्न नसकिने अभिव्यक्ति दिँदै आएका थिए। एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र सार्वजनिक भएपछि प्रचण्ड चेपुवामा परेका हुन्।


More

View All

News

Health

Sports