काठमाडौं । फागुन १५ गते
आज आइतबार सूर्य भगवानको पूजा अर्चना गरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।
धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन ।
आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।
आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।