काठमाडौं । फागुन १४ गते
माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले स्थानीय चुनावमा एउटा पनि वडा सदस्य जित्न नसक्ने दावी नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गरेका छन् ।नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशनमा बोल्दै बास्कोटाले यस्तो दावी गरेका हुन् ।उनले भने, ‘हेरम्ला १ हेरम्ला यसपटक ।
माधव नेपालको पार्टीले एउटा वडा सदस्य पनि जित्दैन।माओवादीको यसो तीन(चार सिट देखिन्छ । त्यो पनि चितवनबाट । माओवादीको देशभर निर्वाचन क्षेत्र छैन । कि रोल्पा जानुपर्यो कि रुकुम जानुपर्यो । त्यहाँ पनि भन्न सकिन्न । अब माओवादीको खैरियत छैन ’। बास्कोटाले माओवादी र नेकपा समाजवादीले छेपारे प्रवृत्ति देखाइरहेको आरोप समेत लगाए ।उनले एमाले नै नेपाली जनताको साझा सत्ता भएको पनि बताए ।