×

Nepali Community

चीनको इशारामा नेपालका कम्युनिस्टका नेताहरु एमसीसीको विपक्षमा उभिएको रामचन्द्र पौडेलको आरोप


काठमाडौं । फागुन १४ गते
चीनको इशारामा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एमसीसीको विपक्षमा उभिएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आरोप लगाउनु भएको छ ।उहाँले यसअघि नेपालका कम्युनिस्ट नेताहरु एमसीसीको पक्षमा रहेको भए पनि पछिल्लो समय चीनको इशारामा विपक्षमा उभिएको आरोप लगाउनु भएको हो ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिकको शनिबार अनावरण गर्दै उहाँले एमसीसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको बताउनु भएको छ । कांग्रेसलाई संगठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा उहाँले जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताउनु भएको छ।


More

View All

News

Health

Sports