काठमाडौं । फागुन १४ गते
सत्ता गठबन्धन जोगाउन र एमसीसी सम्झौता अनुमोदनको विवाद टुङ्ग्याउन माओवादी केन्द्र छलफलमा जुटेको छ। अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सम्झौतालाई संसदबाट अनुमोदन गर्ने समयसीमा नजिकिँदै गर्दा सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमालेसँग छलफल अगाडि बढाएपछि प्रचण्ड लगायतका नेताहरु गृहकार्यमा जुटेका हुन् ।प्रमुख सत्तारुढ नेपाली कांग्रेसले एमसीसी अनुमोदनका लागि सत्तारुढ दल र प्रतिपक्ष दलसँग निरन्तर सम्वाद गरिरहेको छ।
अनुमोदन सुनिश्चित गराउन सरकारको आग्रहमा आइतबारसम्म संसद बैठक पनि स्थगित गरिएको छ। फागुन १६ को एमसीसीको समयसीमालाई लिएर सबै दल दबाबमा छन्।सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तामा पनि बस्ने र एमसीसीको विपक्षमा पनि उभिएर दोहोरो चरित्र देखाएपछि प्रमुख सत्तारुढ कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्माओलीसँग सहयोग मागिरहेका छन्।