×

Nepali Community

गठबन्धन जोगाउनको लागि एमसीसीको पास गराउने पक्षमा उभिए प्रचण्ड


काठमाडौं । फागुन १४ गते
अमेरिकी सहयोग परियोजना एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनु भएको छ । आफू त्यो स्थितिलाई रोक्न प्रयासरत रहेको पनि उहाँले बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् र संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर अहिले हामी लागिराखेको बताउनु भएको छ ।

एमसीसीको समस्या पनि समाधान होस् र वर्तमान सत्ता गठबन्धन पनि नटुटोस् भनेर उपाय खोजिरहेको प्रचण्डले बताउनु भएको छ । उहाँले संविधानको रक्षा, गणतन्त्रको रक्षा, संघीयताको रक्षा अथवा अधिकारको रक्षा कहिंकतै दुर्घटना हुन नपाओस् भनेर लागिराखेको बताउनु भएको छ । प्रचण्डले प्राप्त उपलब्धिहरु गुम्न नदिने र थप उपलब्धिका निम्ति थप एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताउँदै प्रचण्डले युद्ध भनेको रक्तपातपूर्ण राजनीति भएको र राजनीति भनेको रक्तपातहीन युद्ध भएको जिकिर गर्नु भएको छ । उहाँले अहिले आफुहरु रक्तपातहीन युद्धमा रहेको र युद्ध नसकिएको बताउनु भएको छ। कार्यक्रममा प्रचण्डले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा समेत गर्नु भएको छ ।


More

View All

News

Health

Sports