×

Nepali Community

एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने एसका अध्यक्ष नेपालको अडान कायमै


काठमाडौं । फागुन १४ गते
एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोर्‍याउनु भएको छ ।एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी केपी ओलीको सरकारले सम्झौता गरेको र आफूहरुले त्यो षडयन्त्रलाई भत्काएको उहाँको दावी छ ।

पार्टीनिकट प्राध्यापकहरुको संगठनलाई सम्वोधन गर्दै विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने बताए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा हुने उहाँको भनाइ छ । नेपाल कुनै पनि देशको सुरक्षा रणनीतिको अंग बन्न नसक्ने अध्यक्ष नेपालले स्पष्ट पार्नु भएको छ । छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने पनि उहाँको भनाइ थियो ।


More

View All

News

Health

Sports