काठमाडौं। फागुन १२ गते
बुधबार निधन हुनु भएका गायक तथा कलाकार जयनन्द लामाको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको छ ।
लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि कलाकार तथा सर्वसाधारण राष्ट्रिय नाचघरमा पुगेका थिए।लामाको शवलाई २ बजे स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ। यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायतले गायक लामाको निधनप्रति दु.ख व्यक्त गरेका थिए।