काठमाडौं। फागुन १२ गते
आज नेसनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
यसले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट १८.५२५प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।