×

Nepali Community

सरकार वा सडक एउटा रोज्न आफ्नै पार्टी नेतृत्वलाई रामकुमारी झाँक्रीको अपिल


काठमाडौं। फागुन १२ गते

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकार वा सडक एउटा रोज्न आफ्नै पार्टी नेतृत्वलाई आग्रह गर्नु भएको छ । ने मन्त्री झाँक्रीले सरकारमा पनि बस्ने र सडकमा ढुङ्गा पनि हान्नेजस्तो अनैतिक राजनीति गर्न नहुने स्पष्ट पार्नु भएको छ । उहाँले समाजवादी पार्टीलाई चाहिँ सत्ता पनि चाहिने, सत्ता छाड्न पनि नहुने, सरकारका काममा पनि सहयोग गर्न नपर्ने, जुलुस लगाउन पर्ने हो भने यो विरोधाभाषपूर्ण कुरा नहुँने जिकिर गर्नु भएको थियो

पार्टी कार्यकर्ताका लागि पार्टीको निर्णय सार्वभौम भएकाले पार्टीले निर्णय गर्दै गर्दा विरोधाभाषपूर्ण निर्णय गर्न नहुने उहाँको तर्क छ । सरकारमा पनि रहने र सरकारविरुद्ध आन्दोलन पनि गर्ने दोहोरो चरित्रबारे नेकपा (एकीकृत समाजवादी)का मन्त्रीले असन्तुष्टि जनाएका छन् ।


More

View All

News

Health

Sports