काठमाडौं। फागुन १२ गते
आज प्रतिनिध सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो ।आजको बैठको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ ।
संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ। गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो।