×

Nepali Community

जन्डिसका बिरामीका हकमा बरदान सावित घिरौला


काठमाडौं। फागुन १२ गते
घिरौला हरेकको घर आँगनमा सजिलै फलाउन सकिने एक प्रकारको तरकारी हो । यो लहरामा फल्ने हुनाले सजिलै फलाउन सकिन्छ । घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । आज भोली प्राय सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला। जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । यो सिजनमा अत्यन्तै धेरै फल्ने हुनाले त प्राय मानिसले धिरौला मन पराएको पाइँदैन। तर घिरौलाका धेरै फाइदा हुन्छन् ।

घिरौला गृष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ।रेसादार पदार्थ तथा ‍औषधीय गुण रहेको घिरौलाले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पुर्‍याउँछ। ४० देखि ५० दिनमा टिप्न लायक सकिने घिरौलामा प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिनए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु पाइन्छन् । यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।

जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ। पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन। यसले रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ। घिरौलाले आँखाको दृष्टि बढाउन मद्दत गर्छ। त्यस्तै यसले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ। यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।


More

View All

News

Health

Sports