×

Nepali Community

आज तेस्रो स्थानको लागि नेपालले ओमानको सामना गर्दै


काठमाडौं। फागुन १२ गते
आज आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपालले ओमानको सामना गर्दैछ ।ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३.४५ बजे सुरु हुनेछ ।सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी(ट्वान्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ ।

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो ।ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ । ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।


More

View All

News

Health

Sports