×

Nepali Community

आजको राशिफल


काठमाडौं। फागुन १२ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुने योग रहेको छ भने प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ने तथा बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज लगानीमा रहेको रकम फिर्ता आउनुका साथै प्राविधिक विषयमा रूचि जाग्ने योग रहेको छ भने सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज पारिवारिक सदस्यबाट सहयोग मिल्ने योग रहेको छ भने विपरीत वर्ग प्रति आकर्षण रहनुका साथै साहित्यिक क्षेत्रमा रूचि बढ्ने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने योग रहेको छ भने अचल सम्पत्ति हात पर्ने योग रहेको छ भने पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज प्रसन्नतापूर्वक समय व्यतीत हुनुका साथै लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आम्दानी बढाउने काम सुरु गर्न सकिने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइनुका साथै नयाँ वस्त्र र अलङ्कार प्राप्ति हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नुका साथै आँटेको र गरेको काममा ढिलासुस्ती हुने तथा विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ व्यक्तिसँग भेटघाट हुने योग रहेको छ भने प्राविधिक क्षेत्रमा रूचि बढ्ने तथा सामाजिक कार्यमा रुचि रहनुका साथै कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज काम गर्ने हौसला मिल्ने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा सुखद् यात्राका अवसर पनि प्राप्त हुनुका साथै अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।


More

View All

News

Health

Sports